Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


राति १० बजेपछि देउसी–भैलो खेल्न रोक


0
Shares

काठमाडौं, कात्तिक २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उनले बताए ।

प्रशासनको आग्रहविपरीत देउसी–भैलो खेलिएको पाइएमा कारबाही गरिने प्रजिअ आचार्यको भनाइ छ । रासस