
काठमाडौं, कात्तिक २० । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ८ महिनाको अवधिमा उल्लेखनीय काम गर्न सफल भएको दाबी गरेका छन् ।
दशैं, तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासको जग स्थापना गर्न सरकार सफल भएको दाबी गरेका छन् ।
सरकारलाई असफल हुने कुनै छुट नभएको भन्दै मन्त्री ज्ञवालीले जुनसुकै मूल्यमा पनि जनचाहना पुरा गर्न सरकार कटिबद्ध रहेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले जनमतबाट बनेको सरकार आफ्नो जिम्मेवारीप्रति संवेदनशील रहेको स्पष्ट पारे । उनले संघीयताको अभ्यासमा थुप्रै कठिनाइ भए पनि यसको व्यवस्थापन हुँदै जाने बताए ।
भ्रष्टाचार अझै पनि कायमै रहेको भन्दै मन्त्री ज्ञवालीले भ्रष्टाचारीहरु कुनै पनि हालतमा उम्कन नपाउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्