२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राजपा नेपाललाई पनि सरकारमा ल्याउन पहल


0
Shares

काठमाडौं, जेठ २८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिवद्धतासहित राष्ट्रिय जनता पार्टी नेपाललाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ । संसदमा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो ।

संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ । –कान्तिपुर दैनिकबाट