
सोमबार काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको आधुनिक डेरी प्रोडक्ट उत्पादन केन्द्र र डिडिसी उत्पादन केन्द्रमा निरीक्षण गर्दै मन्त्री खनालले केही डेरी उद्योगले जनस्वास्थ्यमाथि खेलबाड गरेको बताए ।
डेरी उद्योगको निरीक्षणकाक्रममा उद्योगभित्र फोहोरमैला र प्रदूषण भेटिएको, डेरीमा प्रयोग गरिने मेसिन फोहोरमुक्त नभएको र डेरी सन्चालन गर्दा कामदारले पालना गर्नुपर्ने कुनै नियम पालना नगरेको फेलापरेको छ ।
मन्त्री खनालले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका डिडिसी, आधुनिक डेरी प्रोडक्ट प्रालि, काठमाडौं दुग्ध वितरण आयोजना कार्यालयको निरीक्षण गरेका हुन् ।
आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको थियो ।
त्यसैगरी, दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भएपनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको भेटिएको मन्त्री खनालले बताए ।
दूध बनाउन प्रयोग हुने पाउडरमा स्पस्टरुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरेको छ ।
मन्त्री खनालले नियमविपरीत सन्चालनमा आएका उद्योगलाई तुरुन्तै कारबाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्