२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भीमफेदीमा सवारी आवागमन सुचारु


0
Shares

हेटौडा । मकवानपुरको भीमफेदीमा सवारी आवागमन सुचारु भएको छ ।

हेटौडा भीमफेदी कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा बुधवार राती पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो ।

आज बिहान पहिरो हटाएपछि सवारी आवागमन सुरु गरिएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए ।