Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


प्रधानमन्त्री ओली अझै केही दिन आराममै


0
Shares

काठमाडौं, कात्तिक २० । पाँच दिनको अस्पताल बसाइपछि फर्केका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भए पनि अझै केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् ।

उनले अहिले अत्यावश्यक काम प्रधानमन्त्री निवास बालुवाटारबाटै गरिरहेका छन् । नियमित भेटघाट कम गरेका छन् ।

‘अझै केही दिन निवासमै आराम गर्नुहुन्छ, तत्काल सार्वजनिक कार्यक्रममा जानुहुन्न,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘महत्वपूर्ण काम निवासबाटै गरिराख्नुभएको छ ।’

हस्ताक्षर गर्नुपर्ने फाइलहरु निवासमै मगाउने गरिएको छ ।

प्रधानमन्त्री ओली अघिल्लो शनिबार पार्टीको चियापान कार्यक्रममा गएका थिएनन् । सोमबार उपराष्ट्रपतिले आयोजना गरेको चियापानमा पनि सहभागी भएनन् । –कान्तिपुर दैनिकबाट