विराटनगर, कात्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुईतिहाइ बहुमतको सरकार पनि असफल भएमा देश नै असफल हुने दाबी गरेका छन् ।
नेकपा मोरङले सोमबार विराटनगरमा तिहारका अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सरकारलाई जनताको आत्मासम्मान बढ्ने गरी काम गर्ने अवसर युगले दिएको बताए ।
अहिलेको समयमा संघीय लोकतान्त्रिक गणतन्त्रअनुकूलका ऐनहरु बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले ‘नेकपाको पार्टी एकता सपे्रकाहरुकोमात्र नभएर बिग्रेकाहरुको पनि एकता हो’–भने ।
नेपाललाई सुन्दर, सभ्य र समृद्ध बनाएर एउटा नयाँ सन्देश यो सरकारले दुनियाँलाई दिने दाबी उनले गरे ।









प्रतिक्रिया दिनुहोस्