काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसले महासमितिको बैठक सार्नेबारे छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
मंसिर ५ देखि ९ सम्म हुने भनिएको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भईरहेको छ । मंगलबार बस्ने बैठकमा पार्टी विधान मस्यौदा समितिले विधान पेश गर्ने कार्यसुची छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिए भोलिको केन्द्रंीय समिति बैठकमा पेश गर्ने र पाँच दिन केन्द्रीय सदस्यलाई अध्ययनका लागि समय दिईनेछ । तर आजै विधान समितिबाट विधान पारित हुने सम्भावना कम छ ।
विधानमाथिकै छलफलका लागि केन्द्रीय समितिमा कम्तीमा सात दिन लाग्ने अनुमान गरिएको भन्दै प्रवक्ता शर्माले मंसिरभित्रै महासमिति बैठक हुने गरी भोलि बैठकबाट नयाँ मिति तय हुने सम्भावना रहेको बताए ।
महासमिति तयारीस्वरुप गठन भएको विभिन्न प्रस्ताव तयार गर्न बनाइएको समितिले पनि आफ्नो प्रतिवेदन तयार पारेको छैन ।
कांग्रेसले राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालको संयोजकत्वमा सांगठानिक, सहमहामन्त्री डा.प्रकाशशारण महतको संयोजकत्वमा आर्थिक प्रस्ताव समिति बनाएको छ । कांग्रेसभित्र विधानकै विषयमा शीर्ष तहमा मतैक्य हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्