सर्लाही, कात्तिक १८ । नेपाली कांग्रेसले आह्वान गरेको सर्लाही जिल्ला बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
कांग्रेस कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
स्थानीय कांग्रेस कार्यकर्ता रामविलास महतोको गोली हानी हत्या गरेको विरोधमा बन्द आह्वान गरिएको हो । दोषीलाई पक्राउ गरी कानुनी कारवाही नगरेसम्म मृतक महतोको शव नबुझ्ने अडान कांग्रेसले लिएको छ ।
गत मंगलबार रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा महतोको मृत्यु भएको थियो । हत्याको विरोधमा कांग्रेसले बिहान एक घण्टा चक्काजाम समेत गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्