विराटनगर, कात्तिक १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार लोकतन्त्रका आधारभूत संरचना कमजोर बनाउँदै सर्वसत्तावादतर्फ उद्यत भएको आरोप लगाएका छन् ।
शनिबार विराटनगरमा डेमोक्रेटिक लयर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सन्चारलाई कमजोर बनाउने खेलमा सरकार लागेको दाबी गरे ।
सरकारको गलत रबैयाले शक्ति सन्तुलन खल्बलिएको दाबी उनले गरे ।
सरकारले सबै शक्ति आफूमा केन्द्रित गर्न लागिपरेको भन्दै त्यसले मुुलुकलाई सर्वसत्तावादतिर लैजाने उनको ठहर थियो ।









प्रतिक्रिया दिनुहोस्