२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बर्खास्त गरिएका मन्त्री केशब स्थापितको स्थानमा तत्काल अर्को मन्त्री नियुक्ति नगरिने


0
Shares

काठमाडौं । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोलमणि पौडेलले तत्काल भौतिक पूर्वाधार मन्त्री नियुक्त नगर्ने भएका छन् ।

मन्त्री केशव स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मुख्यमन्त्री पौडेलले सो मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै तत्काल अर्को मन्त्री नियुक्त नगर्ने बताएका हुन् ।

पूर्वाधारको कामको द्रुत गतिमा अघि नबढाएरम्म आफैंले मन्त्रालयको काम गर्ने मुख्यमन्त्री पौडेलले बताए ।

प्रदेशको सबैभन्दा ठूलो गति देखाउने मन्त्रालयबाट यसअघि केही काम हुन नसकेपछि यो मन्त्रालयको कामको जिम्मेवारी अहिले आफैंले लिएर काम देखाउने मुख्यमन्त्रीले स्पष्ट पारे ।

भौतिक पूर्वाधार विकास मन्त्री स्थापितलाई बर्खास्त गरेपछि यो मन्त्रालयको नेतृत्व लिन नेपाल कम्युनिस्ट पार्टीभित्र लबिङ सुरु भइसकेकाका बेला मुख्यमन्त्री पौडेलले कसैलाई पनि मन्त्री नियुक्त नगर्ने मनस्थिति बताएका हुन् ।

यो मन्त्रालयअन्तर्गतका काम गर्न सरकारले करिब १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।