Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना


0
Shares

काठमाडौं । छातीमा समस्या आएपछि ऊर्जामन्त्री वर्षमान पुन उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

मन्त्री पुनको छातीमा सामान्य समस्या आएपछि गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।

अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए ।

उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए ।