२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


निर्मला पन्तको स्मृतिमा ललितपुरको कृष्ण मन्दिर अगाडी दीप प्रज्वलन


0
Shares

काठमाडौं, कात्तिक १६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको स्मृतिमा ललितपुरको दरबार क्षेत्रस्थित कृष्ण मन्दिर अगाडी आज दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलनका सहभागीहरुले निर्मलाका हत्याराहरुलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

हत्या भएको १०० दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै उनीहरुले सरकारको आलोचनासमेत गरेका थिए ।