
पोखरा, कात्तिक १६ । काठमाडौं रोयल्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनल नजिक पुगेको छ ।
चार खेलमा तेस्रो जित हासिल गर्दै काठमाडौं फाइनल नजिक पुगेको हो । चौथो खेलमा काठमाडौंले बुटबल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्यो ।
खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १७२ रन बनायो । नरेश बुढाऐरले २८ बलमा अविजित ५८ तथा कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा अविजित २५ रन जोडे । यसअघि जयकृष्ण कोल्सवालले ४५ रन बनाए ।
जवाफमा सुरुवाती दुई खेल जितेर सनसनी मच्चाए पनि त्यसपछि लगातार हार बेहोरेको सोमपाल कामी नेतृत्वको बुटबलले ९ विकेटको क्षतिमा १३५ रनमात्र बनाउन सक्यो । युएईका खेलाडी रोहन मुस्तफाले ६१ रन बनाएबाहेक कुनै पनि खेलाडीले सम्झनयोग्य योगफल बनाउन सकेनन् ।
यसअघि भएको पहिलो खेलमा स्थानीय टोली पोखरा पल्टनलाई २ विकेटले हराउँदै धनगढी तेस्रो जितसहित कम्तीमा इलिमिनेटरमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्