
काठमाडौं, कात्तिक १६ । बालबालिका तथा युवाहरुमा हुने मानसिक स्वास्थ्य सम्बन्धी पहिलो मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिसेफ लगायत संस्थाहरुको आयोजनामा सुरु भएको सम्मेलनमा १० देशको सहभागिता छ । विश्वभरी नै बालबालिका र युवाहरुमा मानसिक समस्या बढ्दै गएकाले कसरी अगाडी भन्ने विषयमा छलफल हुने आयोजकले जनाएका छन् ।
कार्यक्रममा बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरले मानसिक रोगबारे सबैलाई सचेत गराउन तथा उपचारमा सबैको पहँच पुर्याउन सम्मेलन महत्वपूर्ण हुने बताए ।
यस्तै मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले मानसिक समस्यालाई लिएर फैलिएको नकारात्मक धारणालाई हटाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
दुईदिने सम्मेलनमा बालबालिका र बयस्कमा हुने व्यवहार परिवर्तन, उनिहरुको क्रियाकलाप र मानसिक समस्याबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्