८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सेनाले काटेका रुखको व्यवस्थापन नहुँदा लाखौं मूल्य पर्ने काठ कुहियो


0
Shares

बारा । काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ट्रयाक खोल्ने क्रममा नेपाली सेनाले काटेका रुखको व्यवस्थापन नहुँदा लाखौं मूल्य पर्ने काठ कुहिन थालेको छ ।

बारा, मकवानपुरलगायतका जिल्लामा काटिएका काठ सरकारले समयमै व्यावस्थापन नगदौ कुहिन थालेको हो ।

राष्ट्रिय वन र ४ वटा सामुदायिक वन समितिअन्तर्गतका काठ आपसी तालमेलको अभावमा लिलामी प्रक्रियामा लैजान नसकिंदा लाखौं मूल्यबराबरको क्षति हुन थालेको छ ।

नेपाली सेनाले दु्रतमार्गको ट्रयाक खोल्ने क्रममा काटिएका रुख १० महिना अघिनै सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाइ सकेको छ ।

मन्त्रालय, विभाग र डिभिजन वन कार्यालयले लिलाम बिक्रीको आदेश दिन ढिलासुस्ती गरिदिँदा वेवारिसे अवस्थामा काठ कुहिँदै गएको हो ।

सेनाले काटेर छुट्याएको ४० हजार सेप्टी गोलाईको लगत हालसम्म नराखेकै कारण काठ अलपत्र परेर कुहिन थालेका हो ।

जिल्ला वन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्रकुमार मिश्रले सम्बन्धित निकायबाट निर्देशन र परार्मश लिने काम भइरहे पनि सबै लगत नआइपुगेकाले लिलामी गर्न नसकिएको बताए ।