Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


३२ हजार कर्मचारी सडकमा


0
Shares

काठमाडौं, कात्तिक १५ । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालयमातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थिए ।

नयाँ संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चारघण्टा धर्ना दिँदै आएका छन् ।

आफूहरुलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, स्थायी प्रक्रियामा पुगेका ज्यालादारी कर्मचारीलाई उचित रकम उपलब्ध गराउनुपर्ने माग उनीहरुले गरेका छन् । –नेपाल समाचारपत्र दैनिकबाट