Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कार्यकर्ताको गोली हानी हत्याः सर्लाहीमा कांग्रेसको विरोध प्रदर्शन, को–के भन्छन् ? (भिडियो)


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, कात्तिक १४ । नेपाली कांग्रेसले सर्लाहीको रामनगर गाउँपालिकामा आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको भन्दै बुधबार सर्लाही सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।

हत्याराको नाम तोकेरैभन्दा पनि प्रशासनले अपराधी पक्राउ गर्न आलटाल गरिरहेको कांग्रेसले जनाएको छ ।

मृतकलाई सहिद घोषणा र शान्ति–सुरक्षाको माग गर्दै बुधबार दिनभर कांग्रेसले गरेको प्रदर्शनले सर्लाहीको सदरमुकाम मलंगवा तनावग्रस्त देखियो ।

गत सोमबार वडाध्यक्ष रामविलास महतोमाथि निर्घात् कुटपिट भएको र मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीचको झडपकाक्रममा गोली लागेर रामनगर गाउँपालिका–४ का ५५ वर्षीय रामविलास महतो मृत्यु भएको थियो ।

कांग्रेसले बुधबार सदरमुकाममा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्‍यो ।

प्रदर्शनमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताहरु तथा स्थानीय कांग्रेस नेता–कार्यकर्ताको सहभागिता थियो ।

उपसभापति निधिले घाइतेले दोषीहरुको नाम तोकेर बताउँदा पनि अपराधीलाई नियन्त्रणमा लिन नसकेको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।

यसैगरी, नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्लले घटना निन्दनीय भएकाले संलग्न जो–कोही भएपनि छाड्न नहुने बताए ।

यस घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको पनि उनले दाबी गरे ।

यस्तै, सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले अपराधीलाई जसरी पनि कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

यता, आफन्तले पनि दोषीलाई पक्राउ गरी कारबाही सुरु नहुँदासम्म शव  नबुझ्ने अडान लिएका छन् ।

भिडियो हेर्नुहोस्