काठमाडौं, कात्तिक १४ । नेपालस्थित पाकिस्तानी दूतावासले ‘जम्मु–कस्मिर विवाद र मानवअधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयमा बुधबार एक कार्यक्रमको आयोजना गर्यो ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान कुनैपनि मुलुकको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा दृढ रहेको बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले जम्मु–कस्मिर विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्