२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डमा


0
Shares

काठमाडौं, कार्तिक १४ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा छन् ।

नातिनीद्वय पूर्णिका र कीर्तिकालाई भेट गर्न उनी थाइल्याण्ड गएका हुन् । उनी थाइल्याण्डबाट कुन देश जाने भन्ने निर्णय भएको छैन ।

गत साता उनी श्रीलंका हुँदै भारतको धार्मिक कार्यक्रममा सहभागी हुन मुम्बई पुगेका थिए । विदेश यात्रा गरेको दुई साता नपुग्दै उनी थाइल्याण्ड गएका हुन् ।

उनको साथमा निजी सचिव सागर तिमल्सिना र सहयोगी हरिशरण कार्की छन् ।

कार्तिक ९ गते थाइल्याण्ड गएका उनी कार्तिक १८ गते नेपाल फर्कने कार्यक्रम छ । –नेपाल समाचारपत्र दैनिकबाट