Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँकोको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकले भक्तपुर काङ्ग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ काङ्ग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यस्तै भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए ।

काँग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम काङ्ग्रेसले महासमितिको बैठक काठमाडौँको भृकटीमण्डपमा गर्ने निर्णय गर्दै तयारीलाई तीव्रता दिएको छ । रासस