कपिलवस्तु, कात्तिक १९ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर–१ लाई शतप्रतिशत भर्ना तथा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
शनिबार एक कार्यक्रम गरी यस्तो घोषणा गरिएको हो ।
वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण १ हजार ६८ बालबालिका विद्यालय भर्ना भएका छन् ।
बालविवाह पूर्णरुपमा रोकिएपछि वडालाई बालविवाहमुक्त घोषणा गरिएको जनाइएको छ ।
वडामा थप चेतना बढाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने यशोधरा गाउँपालिकाका प्रमुख गृजेशकुमार पाण्डेयले प्रतिबद्धता जनाए ।








प्रतिक्रिया दिनुहोस्