
सैन्य परेडको फाइल तस्वीर
काठमाडौं, कार्तिक ९ । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब दुई सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।
सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।
कारबाहीमा परेकाहरु देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन् ।
मानवअधिकार उल्लंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लंघन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसारलगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक अनुशासन विपरीतका गतिविधिमा संलग्नलाई लामो छानबिन तथा अनुसन्धानपछि कारबाही गर्न लागिएको पुष्टि गरे । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्