
काठमाडौं, कात्तिक ६ । मंगलबार पनि सेयरबजार ऋणात्मक नै रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से ३ अंक बराबरले घटेर १२ सय ४१ अंकमा आएर थामियो । कारोबार पनि न्यून नै रह्यो ।
यसदिन उत्पादनमूलक, वाणिज्य बैंक तथा वित्त समूह सकारात्मक रहे भने अरु ऋणात्मक रहे ।
उत्पादनमूलक समूह ३१ अंकले उकालो लागे पनि वित्त र वाणिज्य बैंक समूह नगन्य अंकलेमात्र हरियो रहे ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ७१ अंकले ओरालो लाग्यो । जीवनबिमा समूह पनि ३१ अंकले झर्यो । लघुवित्त, विकास बैक, जलविद्युत् र अन्य समूह सामान्य अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ८ लाख कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्