 
	    काठमाडौं, असार १० । स्थानीय तहहरुले आज एकै साथ आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहे अनुसार सवै स्थानीय तहले आ–आफ्ना सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
केन्द्रले जेठ १५ र प्रदेशले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
केन्द्र र प्रदेशले संसद्मा जस्तै स्थानीय तहका सभामा पनि आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेश गर्दा पहिला नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, नीति, कार्यक्रम नगर र गाउँसभामा छलफलपछि बजेट ल्याउनुपर्ने भए पनि त्यस्तो अभ्यास भने धेरै स्थानीय तहले गर्न सकेका छैनन् ।
स्थानीय निकाय हुँदा नीति, कार्यक्रम र बजेट एकैपटक आ–आफ्नो सभामा प्रस्तुत गर्ने अनि एकैपटक पास गर्ने परम्परा थियो ।
अहिले पनि स्थानीय तहले परम्परालाई निरन्तरता दिने भएका छन् । संविधानले स्थानीय तहलाई पनि सरकारकै रुपमा व्याख्या गरेको छ ।
तर स्थानीय तहले सरकारकै अभ्यास भने अझै पनि गर्न नसकेको सेवाग्राहीको गुनासो छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्