Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


समुद्रसँग नेपालको दूरी छोटिँदै


0
Shares

काठमाडौं, कार्तिक ६ । भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नेपालले अन्तिम चरणमा पु¥याएको छ ।

मस्यौदामा सहमति जुटे समुद्रसम्मको नेपालको दूरी निकै छोटिनेछ ।

मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ ।

‘अब हामी छिट्टै संशोधनको अवधारणापत्र भारतीय पक्षलाई पठाउनेछौं, के कस्ता संशोधन राख्ने भन्नेबारे करिब–करिब सहमति भइसकेको छ,’ मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, संशोधित सन्धिले हामीलाई भारतमा निर्मित जल संरचनामार्फत सामान ढुवानी गर्ने बाटो खुल्नेछ । –कान्तिपुर दैनिकबाट

 

Skip This