२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कायमै राखे


0
Shares

काठमाडौं, असार ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध नवीकरण गरेका छन् ।

उत्तर कोरियाको आणविक हतियारको असाधारण त्रास कायमै रहेको भन्दै उनले प्रतिबन्ध कायमै राखेका हुन ।

गत जुन १३ मा मात्र उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपतिले प्योङयाङबाट कुनै खतरा नभएको ट्वीट गरेका थिए ।

यसैगरी ट्रम्पले राष्ट्रिय सुरक्षा, विदेश नीति र मुलुकको अर्थतन्त्रमा असामान्य खतरा कायमै रहेको भन्दै उत्तर कोरिया लक्षित राष्ट्रिय आपत्काल पनि कायमै राखेका छन् । 

अमेरिकाले उत्तर कोरियाको चुनौतिलाई ध्यानमा राखी सन् २००८ देखी लगाउदै आएको राष्ट्रिय आपत्काल नवीनकरण गर्दै आएको छ ।

अमेरिका र दक्षिण कोरियाले थप दुई वटा सैन्य अभ्यास रद्द गरे लगत्तै ट्रम्पले उत्तर विरुद्धको प्रतिबन्ध नवीकरण गरेका हुन् ।

तर कुटनीतिक वार्तालाई मद्दत पु¥याउने उद्धेश्यले सैन्य अभ्यास रद्ध गरेको पेन्टागनले जनाएको छ ।

सिंगापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले सिंगापुर वार्तापछि नै वार्षिक युद्धको खेल अन्त्य गर्ने घोषणा गरेका थिए । (एजेन्सी)