
काठमाडौं । युएफा नेसन्स लिग फुटबल लिग ए को समूह चारको खेलमा इङ्ल्यान्ड विजयी भएको छ ।
गएराति भएको खेलमा इङ्ल्यान्डले स्पेनलाई ३–२ गोलले पराजित गरेको हो । निकै आक्रामक ढंगले मैदानमा उत्रिएको इङ्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको हो ।
इङ्ल्यान्डका राहिम स्टर्लिङले खेलको १६ औं र ३८ औं मिनेटमा दुई गोल गरे भने ३० औं मिनेटमा मार्कोस रास्फोर्डले एक गोल गरेका थिए ।
पहिलो हाफमा ३–० ले पछि परेपछि दबाबमा आएको स्पेनले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो ।
उसका लागि ५८ औं मिनेटमा फ्रान्सिस्को अल्कासर गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
त्यसैगरी ९० औं मिनेटमा सर्गियो रोमाले अर्को गोल थपे पनि टोलीलाई विजयी बनाउन भने सकेनन् ।
गएराति नै भएको लिग एको समूह दुईको खेलमा स्वीजरल्यान्डले आइसल्यान्डलाई २–१ ले पराजित गरेको छ ।
त्यस्तै लिग बीको समूह तीनको खेलमा बोस्निया हर्जगोबिनाले नर्दन आयरल्याण्डलाई २–० ले पराजित गरेको छ भने लिग सीको समूह दुईको खेलमा इस्टोनिया र हंगेरीले ३–३ गोलको बराबरी खेलमा छन् ।
सोही समूहको अर्को खेलमा फिनल्याण्डले ग्रीसलाई २–० ले पराजित गरेको छ ।
लिग डी को समूह दुईको खेलमा बेलारुस र मोल्डोभा गोलरहीत बराबरी खेल्दा लग्जेम्बर्गले सान मारिनोलाई ३–० ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्