Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


जंगलमा लगेर सामूहिक बलात्कार


0
Shares

काठमाडौं, असोज २६ । प्रदेश ५ को राजधानी बुटवलमा जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका १०, चरंगेका उदय थापा र बुटवल उपमहानगरपालिका ७, शिवनगरका कृष्ण थापा क्षेत्रीलाई पक्राउ गरी मुद्दा दर्ताको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

मजदुरी गर्ने उनीहरुले ललाइफकाइ ती किशोरीलाई घुमाउन लगेको र जंगलमा लगेर जबर्जस्ती करणी गरेको घटना पीडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि प्रकाशमा आएको हो । –नेपाल समाचारपत्र दैनिकबाट