Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सेनाभित्र भ्रष्टाचार भइरहेको प्रधानसेनापति थापाद्वारा स्वीकार


0
Shares

काठमाडौं, असोज २५ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र केही भ्रष्टाचार भइरहेको स्वीकार गरेका छन् ।

सेनाभित्रको भ्रष्टाचार जरैदेखि हटाउन आफू लागिपरेको भन्दै उनले यसका लागि समय भने लाग्ने बताए ।

नेपाली सेनाले दसै, तिहारका उपलक्ष्यमा बिहीबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले सेनाले अस्पताल, पेट्रोलपम्प सन्चालन गरेर व्यापार गर्न नखोजेको भन्दै यस्ता क्षेत्र सेनामा कार्यरत् कर्मचारीको कल्याणकारीको लागिमात्र भएको प्रस्ट पारे ।

उनले विखन्डनकारी र हतियारधारी समूहबारे सेनाले पनि सूक्ष्म जानकारी राखीरहेको भन्दै त्यस्ता समूहविरुद्ध राज्यले आवश्यक ठाने सेना तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रधानसेनापति थापाले संविधानले दिएको अधिकार र कार्यक्षेत्रमा रहेर सेनाले काम गर्नेसमेत स्पस्ट पारे ।

पछिल्लो समय बढिरहेको महिला हिंसाविरुद्ध संकेत गर्दै उनले महिला हिंसामा शून्य सहनशीलता अपनाउने उल्लेख गरे ।

नेपाली सेना जुनसुकै भू–भागमा यस्तो कार्यमा संलग्न पाइए सैनिक ऐनअन्तर्गत् कारबाही गर्ने उनको भनाइ थियो ।