१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

कपिलवस्तु, असोज २५ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० बैकुण्ठपुरमा गएराती सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय शारदा यादव रहेका छन् ।

गएराति पौने १० बजे भारतीय नम्बरको ट्रकले लु२१प ६९५३ नम्बरको मोटरसाईकललाइ ठक्कर दिएको हो । सडक छेउमा रोकेर फोनमा कुराकानी गरिरहेका यादवलार्इ ट्रकले ठक्कर दिएको इलाका प्रहरी गोरुसिंगेले जनाएको छ ।

ठक्कर दिने सवारी साधनसहित चालकलार्इ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।