Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


खाडी जान नक्कली डिपार्चरः खानतलासी गर्दा भेटियो यस्तो तथ्य


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा खाडी जानेलाई कडाइ गरेपछि मानव तस्कर गिरोहले नक्कली डिपार्चर स्टाम्प प्रयोग गर्न थालेको भेटिएको छ ।

गिरोहले नागरिकता देखाएर भारतको नयाँदिल्ली पुर्‍याउने र त्यहाँ नक्कली डिपार्चर स्ट्याम्प हानेको पासपोर्टमार्फत तेस्रो मुलुक उडाउने गरेको खुलेको हो ।

तस्करहरुले भारत जान पासपोर्ट अनिवार्य गरेको फाइदा उठाइरहेका छन् । अध्यागमन अधिकारीले मंगलबार विहान नागरिकताकै भरमा भारत उड्न लागेका दुई महिला र एक पुरुषमाथि खानतलासी गरे ।

उनीहरुले पासपोर्ट नभएको र जरुरी काममा दिल्ली जान लागेको बताएका थिए । तर खानतलासीमा सप्तरी, फत्तेपुरका जितेन्द्रप्रसाद शाह, ललिता शाह र मुन्नीदेवी शाहले जुत्ताभित्र र मोजामा पासपोर्ट लुकाएको भेटियो ।

अध्यागमनका अनुसार दुई महिला दिल्लीबाट मकाउ उड्ने योजनामा थिए भने जिेतन्द्र पत्नीलाई विदाइ गर्न दिल्ली जाँदै थिए । -कान्तिपुर दैनिकबाट