Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


५३ वटा डब्बासहित जनकपुर आइपुग्यो ब्रोडगेज रेल


0
Shares

जनकपुरधाम । पौने सय बर्षसम्म ‘न्यारोगेज’मा संचालनमा भई पाँचबर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा संचालनमा आउने भएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच बर्षअघि रेलसेवा बन्द गरिएको थियो । 

जयनगर–जनकपुर ब्रोडगेज रेलसेवाको भार परीक्षण बुधबार भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा संचालनमा आउने नेपाल रेल सेवा विभागका साइट इन्जिनियर बिनोदकुमार ओझाको दाबी छ ।

सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालवाहक बोगी (डब्बा)सहित रेल बुधवार दिउँसो जनकपुर आइपुग्यो । उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट(गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलसेवा स्तरोन्नति  गर्ने सम्झौता भएको थियो । -नागरिक दैनिकबाट