नवलपरासी, असोज २४ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले प्रसूतिगृह सन्चालनमा ल्याएको छ ।
प्रदेश नम्बर–५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बुधबार उक्त प्रसूतिगृहको उद्घाटन गरे ।
प्रसूति सेवा नहुँदा सुनवल नगरपालिकाका महिलाहरु सुत्केरी सेवा लिन बुटवल जानुपर्ने बाध्यता थियो ।
दक्ष स्वास्थ्यकर्मीहरुबाट सेवा प्रदान गरिने प्रसूतिगृह पाँच शय्याको रहेको छ ।
नगरपालिकाले छिट्टै नै सुविधासम्पन्न १५ शय्याको अस्पताल बनाउने तयारी गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्