Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


सुस्तावासीको पीडा सुन्न समय नै दिएनन् प्रधानमन्त्री ओलीले


0
Shares

काठमाडौं, असोज २४ । सीमामा दैनिक भोग्नु परेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् ।

सीमामा भारतीय पक्षबाट हुने गरेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरुले प्रधानमन्त्री ओलीको समय पाएनन् । पटक–पटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्तावासीले गुनासो गरे ।

सुस्तामा ३ हजार १३३ जनसंख्या छ । गाउँमा एउटा आधारभूत विद्यालय छ । त्यहाँ २९५ जनाको मात्र नागरिकता छ । अन्यको नागरिकता छैन । –कान्तिपुर दैनिकबाट