Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


राजपा नेपाल निर्णायक आन्दोलनको तयारीमा


0
Shares

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त आन्दोलन गर्न भित्रभित्रै तयारीमा कांग्रेस र राजपा नेपाल लागेका छन् ।

सरकारलाई समर्थन गरेको राजपा नेपालले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई एवं सपथ, मधेस आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्तासहित महँगी, भ्रष्टाचार, आपराधिक कृयाकलाप रोक्न नसकेको भन्दै समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी प्रधानमन्त्री ओलीलाई दिइसकेको छ ।

राजपा नेपालका महासचिव अजय गुप्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः निर्णायक आन्दोलन गर्ने तयारीमा पार्टी जुटिसकेको बताए । –राजधानी दैनिकबाट