काठमाडौं, असोज २३ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीन तहका सरकारबीच काम गर्दा कुनै अलमल नरहेको बताएका छन् ।
संविधानले सबैको अधिकार क्षेत्रलाई किटानी गरिदिएकाले काम गर्नका लागि अब कुनै अलमल नरहेको उनले बताए ।
संविधानले दिएको अधिकारअनुरुप राज्य सन्चालन गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ ।
मंगलबार राजधानीको बालुवाटारस्थित शिवपुरी स्कुलको ७०औं वार्षिकोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले संविधानले व्यवस्था गरेअनुरुप राज्यका सबै अंगले काम गरिरहेको बताए ।
रक्षामन्त्री पोखरेलले शिक्षा नीतिमा आमूल परिवर्तन आउने भन्दै हिजोसम्मको अव्यावहारिक शिक्षालाई परिवर्तन गर्दै व्यावहारिक र व्यावसायिक शिक्षामा सरकारले जोड दिने लक्ष्य राखेको बताए ।
७० प्रतिशत लगानी व्यावसायिक र प्राविधिक क्षेत्रमा गरिने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्