१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाईते


0
Shares

डीबी विष्ट

बझाङ, असोज २३ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा अन्य १२ जना घाइते भएका छन् । बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा जीप दुर्घटना हुँदा कञ्चरपुर जिल्ला बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीया विष्ना देवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइते हुनेमा कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका बस्ने ३० वर्षीया मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीय माया बोहरा, ४३ वर्षीया लालमती बोहरा छन् ।

यस्तै सोही ठाँउका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा, बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा पनि घाइते भएका छन् ।

जीप दुर्घटनामा परी चालक केदार स्युँ गाँउपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती रमेत घाइते भएका छन् ।

घाईतेहरुको उपचार देउरा स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जनाइएको छ ।

फोटो : जय कुँवरको फेसबुकबाट