Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेशमा बजेट भएर पनि खर्च गर्न सकिएन : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, असोज २२ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा बजेट भएर पनि खर्च गर्न नसकिएको बताएका छन् ।

सोमबार पोखरामा प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले बजेट कार्यान्वयन गर्न ऐन कार्यविधि नभएको र पर्याप्त कर्मचारी नहुँदा विकासका कामले गति लिन नसकेको स्वीकार गरे ।

मुख्यमन्त्री गुरुङले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न छिटोभन्दा छिटो वातावरण बनाइदिन केन्द्र सरकारसँग आग्रहसमेत गरे ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्न तीनै तहका आवधिक योजना, मध्यकालीन खर्च संरचना र वार्षिक विकासका लागि एउटै नीति बनाउन कार्यशाला गरिएको हो ।

नेपालमा वि.सं. २०१३ सालदेखि आवधिक योजना सुरु भएको हो ।