
काठमाडौं, असोज २२ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणको तराई क्षेत्रमा पानीको ‘लडाइँ’ सुरु भइसकेको दाबी गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले तराई क्षेत्रमा पानीको लडाइँ रोक्न चुरे पहाडको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
चुरे क्षेत्रको विनास भए तराईमा पानीको ठूलो समस्या आउने चेतावनीसमेत दिँदै डा. यादवले चुरे विनास भए ६० प्रतिशत जनसंख्याको वासस्थान बनेको क्षेत्रमा ठूलो समस्या आउने ठोकुवा गरे ।
चुरेमा भइरहेको दोहन र विनासप्रति असन्तुष्टि जनाउँदै उनले ‘आफू विकासविरोधी नभएको तर विकास हिमाल, पहाड र तराईबीचको प्राकृतिक संम्पदाहरुलाई संरक्षण गरेरमात्रै हुनुपर्छ’–भने ।
प्रतिक्रिया दिनुहोस्