
काठमाडौं, असोज २० । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरुले हत्या भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा पनि माग गरे ।
निर्मला हत्याकान्डको प्रमाण नस्ट गर्नेहरुमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
शनिबार माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा विभिन्न दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको स्वतःफूर्त सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्