१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लगिनेः मन्त्री पोखरेल


0
Shares

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लगिने बताएका छन् ।

कुमारी युवा क्लबले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले शिक्षालाई सर्वसुलभ बनाउन पर्याप्त बजेट विनियोजन गरिने बताए ।

गुणस्तरीय शिक्षाको लागि सरकारले योजना बनाइरहेको शिक्षा मन्त्री पोखरेलको भनाइ थियो ।

कार्यक्रममा मन्त्री पोखरेलले काठमाडौ–वडा नं १६ का विद्यावारिधी गर्ने ३० जनालाई सम्मानित गरेका थिए ।