Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कांग्रेस सभापति देउवाविरुद्ध खनिए प्रदेश ५ का मुख्यमन्त्री


0
Shares

बुटवल, असोज १९ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा आफुभित्रको विरोधलाई मत्थर पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल सरकारविरुद्ध योजनाबद्ध रुपमा खनिएको आरोप लगाएका छन् ।

नेकपाको प्रदेश ५ को पहिलो प्रदेश कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले निर्वाचनमा पराजयपछि देउवा आफ्नै पार्टीभित्र बढेको असन्तोषलाई थामथुम पार्न सरकारविरुद्ध आन्दोलनमा लागेको जिकिर गरे ।

दुई कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछि कांग्रेसले विरोध चर्काएको उनको आरोप छ ।

मुख्यमन्त्री पोखरेलले दुई पार्टी औपचारिक रुपमा एक नहुँदासम्म विरोधमा नउत्रिएको कांग्रेस चलखेल गरेर सत्तामा पुगिन्छ कि भन्ने आश मरेपछि योजनाबद्ध प्रहारमा जुटेको टिप्पणी गरे ।

प्रदेश कमिटीको बैठकले आफु मातहतका १२ जिल्लामा कमिटी गठन गर्न र तत्काल कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा ४/४ जनाको कार्यदल गठन गरेको छ ।