
सिन्धुली, असोज १९ । चाडपर्व नजिकिँदै गर्दा शान्ति सुरक्षालाई चुस्त बनाउन सिन्धुली जिल्लामा प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
दशैं, तिहार र छठजस्ता नेपालीहरुको मूख्य चाडपर्वमा हुनसक्ने अशान्ति तथा सडक दुर्घटना रोक्न सिन्धुली प्रहरीले सुरक्षा योजना तयार पारेको छ ।
चाडपर्वका बेला जिल्लाभित्र कुनै अप्रिय घटना हुन नदिन जिल्लाभर ४८५ जना प्रहरी परिचालन गरिने भएको छ । आर्थिक कारोबार हुने व्यापारिक केन्द, बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा निगरानीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्