Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


प्रहरी महानिरीक्षक खनाललाई हटाउन सत्तारुढ दलका सांसद तानाबुना बुन्दै


0
Shares

काठमाडौं, असोज १९ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ ।

आइजिपी भएको ६ महिना नपुग्दै सत्तारुढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन् । तत्कालिन एमाले निकट अखिल अध्यक्ष नविना लामा र तत्कालिन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन् । सांसदसमेत रहेकी लामा र अध्यक्ष तामाङले विगत केही समयदेखि आइजिपी खनाललाई हटाउनुपर्ने हल्ला चलाउँदै आएका छन् ।

आइजिपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको छ । दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर आइजिपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन् ।

काठमाडौं उपत्यकामा हुने गरेका शृंखलावद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीनामा लामा परिसर पुगेकी थिइन् । परिसरका तत्कालिन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामा कै जिम्मा लगाएर सत्यमानलाई छाडिदिएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे । सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन् । तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन् । –नागरिक दैनिकबाट