१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु


0
Shares

दमौली, असोज १८ । बसको ठक्करबाट बिहीबार तनहुँमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ, भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोख्रेल रहेका छन् ।

चितवनको नारायणगढबाट लमजुङको बेसीसहर जाँदै गरेको ना३ख ४५३४ नम्बरको यात्रीवाहक बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घरबाट खेल्न जानेक्रममा साइकलमा आइरहेका पोख्रेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु भएको आक्रोशमा स्थानीयवासीले अहिले डुम्रे–बेसीसहर सडकखन्ड अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । रासस