
राजु चौधरी (इमेज)
चितवन, असोज १८ । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ९८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट सोही दिशातर्फ जाँदै गरेको ना२८प ७७३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–१, बहेरीचोक बस्ने सउना चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलपछाडि सवार उनकी श्रीमती जेनी चौधरी गम्भीर घाइते भएकी छन् । घाइते चौधरीको भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए ।
ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्