Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा साझा धारणा बनाउन कांग्रेस छलफलमा


0
Shares

विराटनगर । प्रदेशको नाम र स्थायी राजधानीको बिषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस १ नं प्रदेश संसदीय दलको बैठक बिराटनगरमा शुरु भएको छ ।

दलको बैठकमा १ नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रदेश सदस्यहरुको राय बुझेर त्यस बिषयमा साझा दलको धारणा बनाउन बैठक आह्वान गरिएको जानकारी दिए ।

उनले बैठकमा दलका तर्फबाट कुनै प्रस्ताव नलगिएको भएपनि प्रदेशको नामको बिषय र स्थायी राजधानीको बिषयमा बैठकमा गम्भीर छलफल हुने जानकारी दिए ।

२१ जना प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर १ मा कांग्रेस प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ ।

कांग्रेस नेतृत्वको सरकारले बिराटनगरलाई अस्थायी राजधानी तोकेकाले पनि पहिला देखिकै विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा बहुसंख्याक सांसदहरु देखिदै आएको छन् ।