Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


हाम्रा प्रधानमन्त्रीले जे बोल्यो, त्यसको ठिक उल्टो हुन्छ : मुख्यमन्त्री गुरुङ


0
Shares

काठमाडौं, असोज १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् ।

चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उनले जे बोल्यो त्यो पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’

चीनले गरेको विकासबारे जानकारी गराउने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

ग्वाङझाउबाट छुट्टिएको ३० वर्षमै हाइनानले उच्चस्तरको विकास गरेको उनले बताए । शासकीय पद्धतिले पनि विकासमा असर पार्ने उनको भनाइ थियो । –नागरिक दैनिकबाट

 

Skip This