Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–५ सरकारको कामबाट सन्तुष्ट हुने अवस्था छैन (भिडियो)


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, असोज १६ । प्रदेश नम्बर–५ मा प्रदेश सरकार गठन भएको ७ महिना बितिसकेको छ । तर, सरकारले अझै प्रभावकारीरुपमा आफ्नो काम अघि बढाउन सकेको छैन ।

यो प्रदेशमा पनि बहुमतसहितको नेकपाको शक्तिशाली सरकार छ ।

संघीयताको प्रारम्भिक अभ्यासमा रहेकाले तत्कालै प्रदेश सरकारसँग धेरै अपेक्षा गर्नु त जायज नहोला । तर, सरकारले बिताएको समयमा जे–जति काम भएका छन्, यसबाट सन्तुष्ट हुने अवस्था भने देखिँदैन ।

एकातिर प्रदेशको जिम्मामा रहेका आवश्यक कानुन तयार भएका छैनन् भने स्थायी राजधानी र नामांकनको विषय पनि टुंगिएको छैन ।

प्रदेश सरकारले काम दिन नसक्दा प्रदेशसभा बैठक पनि स्थगित भएको छ ।

सरकारको कामको अवलोकन गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले सरकारको कार्यसन्चालनमा कमजोरी रहेको टिप्पणी गरेका छन् ।

विपक्षीमात्र होइन, सामान्य नागरिकमा पनि सरकारको काम–कारबाहीप्रति असन्तुष्टि बढ्दै गएको छ ।

तर, प्रदेशका मन्त्री भने पटक–पटक ताकेता गर्दासमेत केन्द्रबाट प्रदेशमा कर्मचारी नआएको र अधिकारको विषयमा अलमल हुँदा चाहेर पनि काम गर्न नसकेको बताउँछन् ।

सामान्य जनगुनासादेखि ठूला विकास आयोजनाको काम थाल्न प्रदेश सरकार पर्याप्त स्रोत, कानुन र कर्मचारीको खाँचो छ ।

त्यतिमात्र होइन, विकासमा साझेदारी गर्नेहरु पनि प्रदेश सरकारलाई आवश्यकता परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेल भने विकासभन्दा पनि राजनीति चाहनेहरुबाट विकासमा बाधा पुगेको टिप्पणी गर्छन् ।

भिडियो हेर्नुहोस्